दोहोरो अकंले बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा परिसूचक २१५२ बिन्दुमा

२५ असार २०८१, मंगलवार १५:०५

काठमाडौँ । हिजो सामान्य करेक्सन देखिएको शेयर बजारमा आज भने बढेको छ । लगानीकर्ताको मनोबल दरिलो बन्दै जाँदा शेयर बजारले पनि सकारात्मक गति लिदै आइरहेको छ । नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो ।

अर्थतन्त्र सुधार तिर लम्कि रहेको, ब्याजदर ओरालो लागि रहेको र नयाँ सत्ता समीकरण नियामकसँग समन्यव बढ्ने आशले शेयर बजारका लगानीकर्ता मख्ख छन् । गर्भनर महाप्रसाद अधिकारीले समेत मौद्रिक नीति लचिलो आउँने संकेत बेला बेला गर्दै आइरहेका छन् । सोहि कारण पनि पुँजी बजारका लगानीकर्ता खुसी छन् । नियामक र सरकारबीच समन्वय बढ्ने आश लगानीकर्तामा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१५३.१४ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन आठ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको २.४९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३६ प्रतिशत र जीवन बीमा समूहको ०.२६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*