होटल तथा पर्यटन क्षेत्रका कम्पनीले दिए ३१ प्रतिशतसम लाभांश, सोल्टीको प्रतिफल उच्च
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल होटल तथा पर्यटन क्षेत्रका ६ वटा कम्पनी कारोबार गर्दै आएका छन् । कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट उचित प्रतिफल दिन सफल भएका छन् ।
यस अवधिमा सोल्टी होटलले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई ५ प्रतिशत बोनश शेयर र २६.५८ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
साथै, तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनश र ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै, ओरियन्टल इन्स्योरेन्सले पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
यस अवधिमा मुनाफामा अब्बल देखिएता पनि चन्द्रगिरी हिल्स लिमिटेड, सिटी होटल र कालिन्चोक दर्शन लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई कुनै पनि किसिमको लाभांश वितरण गर्न सकेका छैनन् ।
नेपालको पर्यटन विकासमा होटलहरुको महत्वपूर्ण भुमिका रहेको छ । पछिल्लो समय नेपालमा ठुला–ठुला पाँच तारे होटलहरु सञ्चालनमा रहेका छन् । र, केही होटलहरुका संरचनाहरु निर्माणाधिन अवस्थामा समेत रहेका छन् ।