उद्योग वाणिज्य महासंघको विधान संशोधन, अब अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट

२५ असार २०८१, मंगलवार ११:२७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छ । विधान संशोधन गर्दै महासंघले अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरेको हो । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

सोमबार बसेको महासंघको कार्य समितिले सर्वसम्मत विधान संशोधन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्ने व्यवस्था गरेको हो । उक्त विधान आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपश्चात कार्यान्वयन हुनेछ ।

यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यसअघि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ । संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*