अनलाइन मार्फत नविकरण शुल्क भुक्तानी गरी सूर्यज्योति लाइफबाट पाउनुहोस् विभिन्न उपहार
२४ असार २०८१, सोमबार १८:३७
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुको लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले डिजिटल भुक्तानीलाई प्राथमिकता दिदैं बीमितहरुलाई नविकरण शुल्क अनलाइन मार्फत भुक्तानी गर्दा विभिन्न उपहाँरको व्यवस्था गरेको हो ।
कम्पनीका अनुसार असार २४ अर्थात आजदेखि असार ३१ सम्म लागु हुनेछ । यस अवधिमा बीमितहरुले आफ्नो नविकरण शुल्क अनलाइन मार्फत बुझाएमा डेली र भाग्यशाली एक जनालाई बम्पर पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
बीमितहरुले इसेवा, खल्ती, फोन पे, कनेक्ट आइपीएस, आइएमई पे, प्रभु पे र सेल पे मार्फत नविकरण बीमा शुल्क बुझाउँन सक्नेछन् ।