‘गजल’
हेनरी हर्क
२४ असार २०८१, सोमबार १२:२७
मृत्यु पनि त जीवनको लक्ष्य हुन्छ ।
उद्देश्य के लिनु उडि छुनु चन्द्र एक छुन्छ ।।
दिशा मिल्छ सधै लक्ष्य बोकि हिडे अनि ।
सपना देख्नेले नै सफलताको शिखर चुम्छ ।।
नसुने पनि आवाज साशकले निर्धनहरुको ।
एक बलवान समय छ जसले जरुर सुन्छ ।।
सधै आफ्नै लागि मात्र बाच्न खोज्छौ भने ।
तिमी संगै तिम्रो पनि त अस्तित्व गुम्छ ।।
भन हर्के दाइ कसका लागि फुल्छ फुल ।
अनि केका लागि मन्दिर या घाटसम्म पुग्छ ।।