सोमबार कतिमा हुँदैछ सुनको कारोबार ?

२४ असार २०८१, सोमबार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने स्थिर रहेको छ । चाँदी आज तोलामा एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*