तेह्रथुम पावर कम्पनीको लक इन अवधि साउन २७ गते सकिने

२४ असार २०८१, सोमबार ०८:०३

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि आउँदो साउन २७ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दा र भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेतमा)मा निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भदौ २५ गते बाँडफाँड गरेको थियो । यसरी सर्वसाधारणमा शेयर बाँडफाँड गरेको मितिबाट तीन वर्षसम्म शेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ ।

कम्पनीको हाल २८ लाख कित्ता संस्थापक शेयर, चार लाख कित्ता स्थानीय बासिन्दाको शेयर र १६ हजार कित्ता कर्मचारीको शेयर लक इनमा रहेको छ । साथै कम्पनीको संस्थापक शेयर सदस्यहरूमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने शेयर खरीद बिक्री गर्न नपाउने कम्पनीले बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*