बोनस शेयर बापतको कर जम्मा गर्न हिमालयन लाइफको आग्रह

२४ असार २०८१, सोमबार ०७:४०

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले साविकका शेयरधनीलाई बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट साविक गुराँस लाइफले १३.२७१२७७२ प्रतिशत र साविक यूनियन लाइफले ८.९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साविक गुराँस लाइफ,  यूनियन लाइफ र प्राइम लाइफ मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट २०८० वैशाख २६ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् ।

एकीकृत कारोबारपछि शेयर खरीद गरेका वा आईपीओ बाँडफाँडमा परी हालसम्म शेयर कायम गरेका शेयरधनीको हकमा बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैँले तिर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले कर तिर्न भनेको हो । सम्बन्धित शेयरधनीले कर बापतको रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको पुतलीसडक शाखामा कम्पनीको नाममा रहेको खातामा जम्मा गर्न आग्रह गरिएको छ ।

सम्बन्धित शेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस शेयर शेयरधनीको खातामा जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*