बाढीले रानीमहलको किनारा छोपियो

२३ असार २०८१, आईतवार १७:२३

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीले पाल्पाको रानीमहलको किनारालाई छोएको छ । निरन्तरको वर्षापछि कालीगण्डकीमा पानीको बाहवा बढ्दा तानसेन नगरपालिका १३ मा रहेको रानीमहलको किनारासम्म पानी पुगेको हो ।

अहिले रानीमहल वरपर रहेका कयौं अस्थायी पसल र नजिकै रहेको पार्क डुबानमा परी रहेको छ । कालीगण्डकीमा शनिबारदेखि आएको बाढी १० वर्ष यता कै उच्च रहेको बताइएको छ ।

पानी पर्ने नरोकिएको हुँदा अहिले सो क्षेत्रमा घुमघामका लागि नजान स्थानिय सरकारले सचेत गराएको छ । उक्त महल वि.सं. १९५१ मा तत्कालीन जनरल खड्गशमशेर राणाले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*