जन्मदिनमा नातिलाई हजुरआमाले दिइन् बीमा पोलिसी उपहार

२३ असार २०८१, आईतवार १७:२०

काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रममा दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं १४ निवासी विमल कुमार श्रेष्ठ र सविता श्रेष्ठको छोरा दिप्सन श्रेष्ठको ११औं जन्मादिनको अवसरमा ७४ वर्षीय हजुर आमा सुकन्दरी श्रेष्ठले आइएमई लाइफ, घोराहि दाङमा वार्षिक पचास हजार जम्मा गर्दिने गरि पाँच लाख रुपैयाँको आइएमई लाइफ इन्स्योरेन्सको बाल उज्वल जीबन बीमा पोलिसी उपहार दिएको कम्पनीका ऐजेन्सी मेनेजर इन्द्र बहादुर बुढाथोकीले जानकारी दिए ।

साथै, विभिन्न नाममा हुने अनावश्यक खर्चलाई कटौति गर्दै जम्मा गर्ने बानीको विकास गर्न सके बच्चाबच्चीमा पनि बचत गर्नु पर्ने रहेछ भन्ने सोचको विकास हुने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*