मनकामना केबलकार स्तरोन्नतीको लागि करिव २ महिना बन्द रहने

२३ असार २०८१, आईतवार १६:४१

काठमाडौं । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपाल विभिन्न प्राविधिक समस्याहरुको समाधानको लागि केही दिन केबलकार बन्द गर्ने निर्णय गरेको छ । २६ वर्ष अगाडि जडित प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो ।

‘हाम्रो प्रविधि एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डि।सि।करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई डोपलमायर को डि कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसि करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्ट्रोल सिस्टम प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ ।’ कम्पनीले भनेको छ ।

त्यस्तै हाल दुई स्टेशन बीच जडित कम्युनिकेसन केवल समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३ हजार २ सय मिटरको हुनेछ र मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ । त्यसको लम्बाई करीव ६ हजार ५सय मिटरको हुनेछ । केवलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रीपहरु हरू, जस्को माध्यमबाट गोन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेको छ ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*