१५० कम्पनीको शेयरमा हरियाली, हिमालयन रि र एनआररएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार

२३ असार २०८१, आईतवार १५:१२

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २१ दशमलव २७ अंकले बढेर २१४० दशमलव ९७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै अधिकांश कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज सीईडीबि हाइड्रोपावरको शेयरमूल्य पाँच दशमलव २५ प्रतिशतले सर्वाधिक बढेको छ । साथै, नेशनल लघुवित्तको पाँच दशमलव ०९ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको पाँच दशमलव ५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

साथै, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*