शेयर बजारमा उत्साह कायमैः परिसूचक २१४० पुग्दा ६ अर्बको कारोबार, लगानीकर्ताको मनोबल उच्च

२३ असार २०८१, आईतवार १५:०७

काठमाडौँ । साताको पहिलो दिन पनि शेयर बजारमा सुधारको यात्राले निरन्तरता पाएको छ । बजार लगातार पाँचौ दिन समेत उकालो लागेको हो । नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्ताको हित काम गर्नेमा आशावादी बनेका छन् ।

देशको अर्थतन्त्र समेत सुधार हुँदै गएको, ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हुँदा लगानीकर्तामैत्री नीति आउने गर्भनर महाप्रसाद अधिकारीको संकेतले शेयर लगानीकर्ताको मनोबल उच्च बनाएको छ । लगानीकर्ताको मनोबल उच्च हुँदा बजारले सकारात्मक यात्रा तय गरी रहेको छ ।

अब बजारले एउटै कुरा कुरी रहेको छ । जुन हो मौद्रिक नीति । मौद्रिक नीति मार्फत शेयर बजारलाई बाधा गर्ने केहि नीतिमा सुधार भए बजारले नयाँ यात्रा तय गर्ने तर्क लगानीकर्ताले गर्दै आइरहेका छन् । अहिले बन्न लागेको नयाँ सरकारसँग शेयर बजारका नियामकको तालमेल मिल्ने र सरकार दिगो हुने आश आम लगानीकर्ताले गर्दै आइरहेको छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.२७ अकं अर्थात १ प्रतिशतले बढेर २१४०.९७ बिन्दुमा बन्द भएको छ । आज ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँको कारोबार भएको छ ।

आइतबार १० उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.०१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.८५ प्रतिशत लगायत १० उपसूचकमा हरियाली आएको हो ।

यसदिन, एनआरएन इन्फाइट्रचरको २१ करोड ७१ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*