गोर्खाज फाइनान्सको संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन
२३ असार २०८१, आईतवार १४:०७
काठमाडौँ। गोर्खाज फाइनान्स लिमिटेडलेको संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन हुने भएको छ । कम्पनीले हाल कायम शेयरसंरचना संस्थापक तर्फ ५७ दशमलव ५१ प्रतिशतलाई ५१ प्रतिशत कायम गर्न लागेको हो ।
गत चैत २ गते सम्पन्न २८ र २९ औं वार्षिक साधारण सभाबाट कम्पनीले संस्थापक तर्फको शेयर स्वामित्व ५१ दशमलव प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत सोही अनुपात बमोजिम अभिलेख भैसकेकाले कम्पनीले शेयर संरचना परिवर्तनको प्रक्रिया अघि बढाएको हो ।
असार २३ गते सूचना जारी गर्दै कम्पनीले आगामी ३५ दिनभित्र शेयर संरचना परिवर्तन गर्न नचाहने सदस्यहरूलाई सम्पर्क गर्न भनेको छ ।