मधेश प्रदेश प्रमुखको जिम्मेवारी उप–निर्देशक प्रिति देवलाई

२३ असार २०८१, आईतवार ११:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेश प्रमुखमा उप–निर्देशक प्रिति देवलाई नियुक्त गरेको छ । असल नेतृत्वकर्ता र क्षमतावान कर्मचारीको रुपमा आफ्नो परिचय बनाएकी देवलाई मधेश प्रदेश कार्यालयको जिम्मेवारी प्रदान गरेको हो ।

मधेश प्रदेशको जिम्मेवारी सम्हालेकी उप–निर्देशक कुशुम शर्माको अवकाश पश्चात जिम्मेवारी बिहीन बनेको मधेश प्रदेशमा उप–निर्देशक देवालाई नियुक्त गरेको छ । मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्ला रहेका छन् ।

उप–निर्देशक प्रिति देवलाई मधेश प्रदेश प्रमुखको रुपमा जिम्मेवारी प्रदान गरेको मधेश प्रदेशका सूचना अधिकारी सहायक निर्देशक रोशन कुमार महासेठले जानकारी दिए । सामाजिक र आर्थिक रुपमा सम्पन्न रहेको मधेश प्रदेशमा बीमा सम्बन्धि धेरै समस्या रहेका छन् ।

जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुृबीमाका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि प्रदान तथा बीमितहरुको समस्या समाधान गर्न के कस्तो भुमिका निर्वाह गर्न सक्छिन् त उप–निर्देशक देवले भन्ने कुरा हेर्न बाँकी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*