बाढीको क्षतिले गरेको हेवा खोला साना जलविद्युत आयोजनाले सुरु गर्यो विद्युत उत्पादन
२३ असार २०८१, आईतवार १०:३६
काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनीले निर्माण गरी सञ्चालनमा रहेको हेवा खोला साना जलविद्युत आयोजना (४.५ मे.वा) माले विद्युत उत्पादन सुरु गरेको छ ।कम्पनीले एक सूचना प्रकाशित गर्दै असार २ गतेबाट विद्युत उत्पादन सुरु गरेको जनाएको हो ।
असार २ गते आएको बाढीले कम्पनी क्षति गरेको थियो । बाढीले क्षति पश्चात विद्यतु उत्पादन बन्द भएको थियो ।
अहिले आयोजनाको पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएको विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण र मर्मत कार्य सम्पन्न भएकाले जनाएको छ ।