ऐतिहासिक रेडर्क राख्दै नेप्सेले ३२१३ अंक पार गर्यो, मूल्यमा उछाल, कारोबारमा बृद्धि

२ भाद्र २०७८, बुधबार १३:५३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य ऐतिहासिक बिन्दुमा उकालो लागेको छ । नेप्सेमा कारोबार हुने कम्पनीको समग्र मूल्य परिसूचक ३२०० नाघेको छ । उक्त बिन्दु नेपालको पुँजि बजारको इतिहासमै सबैभन्दा उच्च बिन्दु हो ।

नेप्सेमा आज अपरान्ह १३ः४८ बजे नेप्से परिसूचक ५२.८५ अंकले बढेर ३२१३.१६ पुगेको छ । आजको नयाँ रेकर्डसँगै बजार पुँजि कारण पनि ४२ खर्ब माथि पुग्ने भएको छ ।

नेप्सेमा बुधबार सामूहिक लगानी कोष बाहेकका सबै सूचांकहरु हरियाली छन् । सबैभन्दा धेरै विकास बैंक उपसमुह ७.७३ प्रतिशतले बृद्धि भएको छ । फाइनान्स उपसमुह ५.७८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, उत्पादन समुह ३ प्रतिशतभन्दा बढिले बृद्धि भएको छ ।

बीमा पोष्टले यो समाचार तयार पार्दासम्म १४ अर्ब भन्दा माथि कारोबार भइसकेको छ । पछिल्ला दिनहरुमा नेप्सेमा कारोबार र मूल्य दुवै बढ्ने क्रम जारी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*