आइपीओ निष्काशनको तयारीमा रहेको रिलायन्स स्पिनिङको मुनाफामा भारी गिरावट

२३ असार २०८१, आईतवार १०:२४

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण्म सार्वजनिक गरेको छ ।

कम्पनीले यस अवधिसम्ममा२ करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको असारमा यस कम्पनीले ९२ करोड ७८ लाख २१ हजा रुपैयाँ नाफा आर्जन गरेको थिियो । गत बर्षको तुलनामा कम्पनीको नाफामा भारी गिरावट देखिएको छ ।

यसको व्यापारमा गिरावट आउँदा नाफामा पनि असर परेको हो । गत असारमा १० अर्ब ५८ लाख रहेको व्यापार यस अवधिसम्म आइपुग्दा ७ अर्ब २१ लाख रुपैयाँ कायम भएको छ । यसको अन्य आम्दानी पनि ३ करोड ७४ लाखबाट घटेर २ करोड १४ लाखमा झरेको छ । वित्तीय खर्च २४ करोड ९० लाखबाट बढेर ३७ करोड ३३ लाख पुगेको छ ।

यता, चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको अदर इक्विटीमा ५ अर्ब ३२ करोड १६ लाख जम्मा छ । यसको प्रतिसेयर आम्दानी ५४।३४ रुपैयाँबाट घटेर २।०८ रुपैयाँ कायम भएको छ ।

यो कम्पनीले बुक बिल्डिङ विधिबाट असार २७ गतेबाट आइपीओ निष्कासन गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्न लागेको हो । यस कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर जारी गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*