बागमती नदीको बाढी ‘डेन्जर’ तहमा, सतर्क रहन आग्रह

२२ असार २०८१, शनिबार १४:३१

काठमाडौँ । गएरातिदेखि देशका विभिन्न भागमा भइरहेको अत्यधिक मनसुनी वर्षाका कारण ठुला तथा सहायक नदी, खोला र खहरेहरूमा बाढीको मात्रा बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार काठमाडौँको बागमतीले नदी किनार नाघ्ने गरी भीषण बाढी बढेको छ ।

विभागका अनुसार यी नदिमा खतराको तहभन्दा पनि बढी तह पार गरेको जनाएको छ । बागमती नदीले ४ मिटर तह पार गरेको छ । यी नदी आसपासका बस्ती, सडक तथा खेतबारीमा सतर्कता अपनाउन विभागले भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*