नेपाल लाइफद्धारा मृत्यु बीमा दावी भुक्तानी

२ भाद्र २०७८, बुधबार १३:४१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकका परिवारलाई बीमा दावी वापतको १ करोड ३२ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीको पोखरा शाखाले मृतक सुरेश बहादुर केसीको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । मृतक बीमित केसीको कोरोनाका कारण मृत्यु भएको थियो ।

केसीले केही समय अगाडि १ करोड रुपैयाँ बराबरको जीवन बीमा गराएका थिए । उनले ५ किस्तामात्र बुझाएको कम्पनीको पोखरा शाखाले जनाएको छ । कम्पनीले सो बीमा बापतको रकम केसीकी श्रीमति चिनुमाया केसीलाई हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*