सिन्धुपाल्चोकको झिर्पु हाइड्रोपावरको सुरूङ ढलान भासिँदा २ जना बेपत्ता, उद्धार कार्य जारी

२१ असार २०८१, शुक्रबार १७:१५

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा निर्माणधिन रहेको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङ ढलान भासिँदा २ जना मजदुर बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो करिब २ बजे भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित हाइड्रोपावरको सुरूङ भासिदा ९ जना कामदारहरुको उद्धार गरिसको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाँकी २ जना कामदारको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ ।

घाइते भएका उनीहरूको उपचारका लागि बाह्रबिसे नगरपालिका वडा नम्बर ४ स्थित किस्टोन अस्पतालमा पठाइएको छ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय रामदिन थारु र सुमन थारू बेपत्ता छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*