सन्दीप लामिछाने ‘ए’ ग्रेडमा अनुबन्धन, अब मासिक एक लाख रुपैयाँ तलब बुझ्ने

२१ असार २०८१, शुक्रबार १६:५७

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ए ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।

उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। टी २० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत दिएको छ। अब उनले मासिक एक लाख रुपैयाँ तलब खानेछन् ।

बलात्कार अभियोग लागेपछि लामिछाने केही समय निलम्बनमा परेका थिए। अहिले उनले उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*