जीवन बीमा कम्पनीहरुले दिए ३४% सम्म उत्कृष्ट लाभांश, कुनको कति ? (सूचीसहित)

‘सूर्यज्योति, आइएमई र सन नेपाल लाइफको सर्वाधिक’
२२ असार २०८१, शनिबार ०८:००

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १२ वटा जीवन बीमा कम्पनीहरुमध्ये अधिंकांश कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गरेका छन् । आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट ७ वटा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम ५ प्रतिशत बोनश देखि अधिकतम् २५ प्रतिशत बोनश शेयरसम्म लाभांश वितरण गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुका लगानीकर्ताहरुले अन्य क्षेत्रका लगानीकर्ताको तुलनामा राम्रो प्रतिफल प्राप्त गरेका छन् । बीमा प्राधिकरणको कडा नियमन र देशमा उत्पन्न आर्थिक संकटका कारण केही कम्पनीहरुले घोषणा गरेको लाभांश पनि संशोधन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ रआइएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । यस अवधिमा सूर्यज्योति लाइफले आफ्ना लगानीकर्ताहरुलाई १०.२६ प्रतिशत बोनश र २४ प्रतिशत नगद र आइएमई लाइफले २५ प्रतिशतका दरले बोनश शेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यी कम्पनीहरु बाहेक ४ जीवन बीमा कम्पनीहरु वार्षिक साधारण सभाको अन्तिम तयारीमा रहेका छन् ।

सन नेपाल लाइफले २३.८० प्रतिशत बोनश र १.२५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सबैभन्दा बढी चुक्ता पुँजी भएको नेपाल लाइफले २१ प्रतिशत नगद लाभांश वितरण गर्न वार्षिक साधारण सभाबाट पनि पारित गरिसकेको छ । साथै, रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनश शेयर ०.८४ प्रतिशत नगद  लाभांश वितरण गरेको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ इन्स्योरेन्ससहित चार वटाले आर्थिक वर्ष २०७९।०८० को वार्षिक साधारण सभा समेत गर्न सकेका छैनन् । यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वार्षिक साधारण गर्ने तयारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*