अल्पमतमा परेको सुदुरपश्चिम सरकारको वेबसाइट ५ घण्टादेखि ह्याक, अझै सकेनन् रिकभर गर्न

२१ असार २०८१, शुक्रबार १४:४६

काठमाडौँ । अल्पमतमा परेको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाईट ह्याक भएको छ । शुक्रवार बिहान १०ः३० मा साइट ह्याक भएको हो ।

सरकारले आइटी क्षेत्रमा उच्च तहका अनुभवि कर्मचारी उत्पादन गर्न नसक्दा वर्षेनी विभिन्न सरकारी कार्यालयका साइट ह्याक हुने क्रम चलिरहेको छ ।

ह्याकरले सरकारी साइटहरु ह्याक गरी आवश्यक विभिन्न विवरणहरु चोरी गरी विभिन्न प्रयोजनको लागि सस्तो मूल्यमा विक्री गर्ने गरेका छन् ।

अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को साइट खोल्दा ह्याक्ड बाइ क्याप्टेन स्मोक थ्री आर लेखिएको देख्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*