बागबजारमा २०० वटा टिनका बाक्सा लुकाइएको घरमा प्रहरीको छापा, यी बाकसभित्र के छ ?
काठमाडौं । नेपाल प्रहरीले बागबजारस्थित एक घरमा छापा मारी भारी मात्रामा शकांस्पद रुपमा राखिएको टिनका बाकसहरु बरामद गरेको छ । नेपाल राष्ट्र बैंकले नोट प्याक गर्ने जस्तै टिनका २०० वटा बाकस बरामद गरेको हो ।
आज साँझ करिब ८ बजेतिर बागबजारस्थित एक होटलको माथिल्लो तल्लामा लुकाई राखेको अवस्थामा प्रहरीले ति शंकास्पद टिनका बाकसहरु बरामद गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
बागबजारस्थित भक्तपुर बसपार्क नजिकैको न्यू चांदनी गेष्ट हाउसमाथिको १० वटा कोठामा लुकाएर राखिएको टिनका २०० वटा बाकसहरु प्रहरीले बरामद गरेको हो । सुन लुकाएको आशंकामा छापा मारी ति सामानहरु बरामद गरेको हो ।
तर, घटनाको प्रकृति र बाकसको आकार हेर्दा सुन नभई नोट वा हतियार हात हतियार ओसार पसारमा प्रयोग भएको आशंका गरिएको छ । प्रहरी स्रोतका अनुसार घटनास्थलमा खोलेर हेरिएको बाकसमा चामल र कपडा देखिएको छ । जानकारहरुका अनुसार हतियारलाई चालमभित्र राखेर ढुवानी गर्ने गरिन्छ । पसिना नआउने र आइहालेमा चामलले सोस्ने हुँदा तस्करहरुले प्रायः हतियार ढुवानी गर्दा चामलमा राख्ने गर्दछन् । प्रहरीले उक्त टिनका बाकसहरुमा हतियार वा नोट समेत लुकाएको आशंकामा अनुसन्धान गरिरहेको छ ।
बागबजारस्थित सो भवन छ महिना पहिले मात्रै भाडामा लिएर राखिएको तथ्य पनि खुलेको छ । पुरै खोलेर चेकजाँच गर्न बाँकी रहेको प्रहरीको भनाई छ । सुरुमा प्रहरीलाई ३५० केजी सुन लुकाएको भन्दै सूचना आएको थियो । सूचना पाए लगत्तै सिआईबी, महानगरीय प्रहरी आयुक्तको कार्यालय, जिल्ला प्रहरी कार्यालय काठमाडौंको टोली घटनास्थलमा पुगेको थियो । सुन फेला नपारेपछि दिनघर खानतलासी लिएर प्रहरी फर्केका छ । यद्यपि अझै अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
उता, सो स्थानमा नेकपा एमालेका केन्द्रीय सदस्य शिव बस्नेतको सम्पर्क कार्यालय भनेर बोर्ड समेत राखिएको छ । एमालेमा कोही पनि शिव बस्नेत भन्ने व्यक्ति केन्द्रीय सदस्य छैनन् । त्यसरी, झुठो बोर्ड राखेर शंकास्पद तरिकाले राखिएको २०० टिनका बासकमा के होलान् त ? आम चासोको विषय बनेको छ । -तस्विर स्रोतः रिपोटर्स नेपाल डटकम