रौतहटको कटहरिया नगरपालिकाका मेयर र उपमेयरसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२० असार २०८१, बिहीबार १७:३०

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यस्तै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको छ ।

सोही नगरपालिकाको वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८र०७९ मा टायल्सको कामका लागि रकम बिनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । यससम्बन्धमा अनुसन्धान हुँदा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिई–दिई भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएसँगै बिशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले मेयर अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पन्चानब्बे पैसा  कायम गरी कैद र बिगो बमोजिम जरिबानाको मागदाबी लिएको छ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र इन्जिनियर राजेश कुमार साहविरुद्ध पनि त्यही नै कैद र बिगो बमोजिमको जरिवाना मागदाबी लिइएको छ ।

यस्तै बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध समेत बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैया पैसा पन्चानब्बे बिगो मागदाबी लिएर मुद्दा दायर भएको घिमिरेले जानकारी दिए ।

यस्तै उपप्रमुख रीता देवी, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिश बिक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मो। मकसुद आलमको हकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*