उत्पादन तर्फका कम्पनीले दिए १५८०% सम्म लाभांश, कुनले कति ? (सूचीसहित)
काठमाडौं । उत्पादन तथा प्रशोधन क्षेत्रका ८ वटा कम्पनीहरु नेप्सेमा सूचकृत भई कारोबार गरिरहेका छन् । सो कम्पनीहरुमध्ये पाँच वटाले मात्र आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्न सफल भएका छन् ।
उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई भन्दा बढि सूचिकृत कम्पनीहरुका लगानीकर्ताहरुले यस वर्ष प्रतिफल पाउन सकेनन् ।
आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । कम्पनीले यस आफ्ना लगानीकर्ताहरुलाई १५८० प्रतिशत लाभांश वितरण गरेको छ ।
त्यस्तै, बोतलर्स नेपाल (तराई)ले लगानीकर्ताहरुलाई ६० प्रतिशत नगद लाभांश र हिमालयन डिस्टीलरीले १० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । अधिकांश कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल दिन नसक्दा दखेसो व्यक्त गरेका छन् ।
केही समय अगाडी बुक बिल्डिङ्ग प्रक्रियाबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टले यस आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । साथै, शिवम् सिमेन्टले ० दशमलव ७५ प्रतिशत नगद लाभांश र १४.२५ प्रतिशत बोनश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दै लगानीकर्ताहरुलाई मख्ख बनाएको छ ।
यस आर्थिक वर्षको मुनाफाबाट बोतलर्स नेपाल (बालाजु), घोराही सिमेन्ट र सोनापुर मिनिरल्स एण्ड ओईल लिमिटेडले आफ्ना लागानीकर्ताहरुको हात रित्तो बनाएको छ ।
यस्तो छ कम्पनीहरुले वितरण गरेको लाभांशः