हल्लाको भरमा चलेको शेयरमा साढे ६ अर्बको कारोबार, आँखु खोला जलविद्युतको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर कारोबार उल्लेख्य रुपले वृद्धि भएको छ । राजनीतिक उथलपुथल र नयाँ सरकार गठनको चर्चाले शेयर बजार पूर्ण रुपले प्रभावित बन्न पुगेको छ ।
आज नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ को बिन्दुमा कायम भएको छ । बिहीबार ३१३ वटा कम्पनीको दुई करोड २१ लाख ६७ हजार कित्ता शेयर खरिद–बिक्री भई ६ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ ।
पछिल्लो समय फाइनान्स कम्पनीका शेयरमूल्यमा लगानीकर्ताहरुको अस्वभाविक लगाव बढ्दै छ । आज पनि नेपाल फाइनान्सको १७ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको अनुमति पाएसँगै आखु खोला जलविद्युत कम्पनी लिमिटेको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, समाज लघुवित्तको शेयरमूल्य ९.२३ प्रतिशतले वृद्धि भएको छ ।