यौन मुद्दामा एक करोड २५ लाख दिएर मिलापत्र, निर्वाचन आयुक्त प्रधानको पद धरापमा
काठमााडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले यौन दुव्र्यवहारको मुद्दामा एक करोड २५ लाख रुपैयाँ दिएर मिलाएको खुलासा भएको छ ।
यौन दूव्र्यवहार गरेको भन्दै प्रधानविरुद्ध संसदीय समितिमा पीडित महिलासहित चार जनाले उजुरी दिएका छन् । सबै उजुरीमा यौन दुर्व्यवहार गरेको आरोप छ। पीडित महिलासँगको छलफलका क्रममा प्रधानले १ करोड २५ लाख रुपैयाँ दिएर यौन दुर्व्यवहारको मुद्दा मिलाएको खुलेको छ। पीडित महिलाले प्रधानले दिएको बैंक चेकको फोटोकपी प्रमाणका रुपमा पेस गरेकी छन् ।
काभ्रे धुलिखेलकी एक महिलाले प्रधानविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै २०८० भदौ २४ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् । पीडित महिलाले प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयुक्तको रुपमा सिफारिस गरेका व्यक्ति कृष्णमान प्रधानले मुलुक अपराध संहिताको दफा २२४ अनुसार सहमति बिना करणीको आशयले दुर्व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गराएकी थिईन् ।
यौनकाण्डमा मुछिएका प्रधानलाई निर्वाचन आयुक्त बनाउन प्रधानमन्त्री प्रचण्डको सिफारिस
पैसा दिएर मिलापत्र गर्ने खोजेपछि संसदीय समिति तत्कालका लागि प्रधानको सुनुवाइ नगर्ने निर्णयमा पुगेको छ ।