प्रोग्रेसिभ फाइनान्सको संचालकमा विकास महर्जन नियुक्त
२ भाद्र २०७८, बुधबार १२:१८
काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले नव संचालक नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा यस्तो जानकारी गराएको हो ।
भदौ १ गते बसेको संचालक समितिको ४६४ औ बैंठकले कम्पनीको संस्थापक समूह तर्फ रिक्त रहेको संचालक पदमा सोही मितिदेखि नै लागू हुनेगरी शेयरधनी विकास महर्जनलाई उक्त पदमा नियुक्त गरेको हो ।