राष्ट्रिय जीवन बीमा कम्पनीको ०६९–७० को बोनसदर घोषणा, सबै पोलिसीमा ६० रुपैयाँ बोनस

२० असार २०८१, बिहीबार ०७:२५

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष (आव) २०६७–०६८ देखि आव २०६९–७० सम्मको बोनसदर घोषणा भएको छ । जसअनुसार बीमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपैयाँ बोनसदर पाउने भएका हुन् ।

कम्पनीको आव ०६७–६८ देखि आव ०६९–७० अवधिसम्मको कायम रहेको जम्मा बीमालेख संख्या एक लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले गत माघ १७ गते स्वीकृति प्रदान गरेको थियो । सोही स्वीकृति बमोजिम कम्पनीले सञ्चालनमा ल्याएको मुनाफमा सरिक हुने गरी जारी गरेको सबै बीमालेखहरूमा आव २०८१–८२ को लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर कायम गरेको हो ।

साथै बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*