कामना सेवा विकास बैंकको १.४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
२० असार २०८१, बिहीबार ०६:५८
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख चार हजार ८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल बैंकका साविक संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।