नागरिक लगानीकोषको सञ्चालकमा हेमन्त राज रमाली नियुक्त
१९ असार २०८१, बुधबार ११:००
काठमाडौं । नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्यमा हेमन्त राज रमाली नियुक्त भएका छन् ।
नेपाल सरकार (मन्त्रीस्तर) को असार ३ गतेको निर्णय अनुसार नागरिक लगानीकोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम रमालीलाई नियुक्त गरिएको हो ।
साथै, उनले असार १७ गते सोमबार कोषको सञ्चालक समक्ष शपथ समेत लिसकेको कोषले जनाएको छ ।