नागरिक लगानी कोषको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१९ असार २०८१, बुधबार ०८:३३

काठमाडौं । नागरिक लगानी कोषको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ । कोषले २९ औं वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन सक्नेछन् ।

सभाले कोषको गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । प्रस्तावित लाभांश स्वीकृत गर्न कोषले असार ३१ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा डाकेको छ ।

सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै शेयरधनी र सञ्चालकहरूको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*