राजनीतिक किचलोको बीचमा शेयर बजार, सर्किटको ब्यवस्थाले बच्यो लगानीकर्ताको अर्बौ रकम

१८ असार २०८१, मंगलवार १२:३२

काठमाडौँ । आज बिहानदेखि सरकार परिवर्तन हुने कुराले शेयर बजारका लगानीकर्ता मख्ख थिए । सरकार परिवर्तनपछि एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने कुराले लगानीकर्ता उत्साहित थिए । लगानीकर्ताले ११ बजे कुरी बसेका थिए ।

लगानीकर्ता बिहानदेखि नै शेयर किन्ने तमतयार भएर बसेका थिए । आफुले कुन कम्पनीको शेयर किन्ने भनेर पनि लगानीकर्ताले रोजि सकेका थिए । ११ बजेर १ मिनेटमै शेयर बजारमा सकारात्मक सर्किट लाग्यो । जस कारण बजार २० मिनेट बन्द हुन पुग्यो । पुनः बजार ११ः२१ बजे खुल्यो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै शेयर बजारमा दोस्रो पटक सर्किट लाग्यो । बजार पुनः ४० मिनेटका लागि बन्द भयो ।

तेस्रो पटक बजार १२ः०१ मा खुल्नु पर्ने थियो । तर, १२ः३० तिरै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय गरेको कुरा बाहिर आयो । चारै तिर तत्काल एमाले र काँग्रेसको सरकार नबन्ने भएपछि लगानीकर्ता केहि डराए र बजार करेक्सन तिर लाग्यो । बजार १०४ अकंबाट घटेर ३४ अकंसम्म आइपुग्यो ।

शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?

सर्किटको ब्यवस्थाले लगानीकर्ताको अर्बौ रकम गुम्नबाट बचेको छ । यदि सर्किटको ब्यवस्था नहुने हो भने लगानीकर्ताले बजार बढ्ने आशले शेयर किन्ने तिर झम्मिथ्ये जसले गर्दा अर्बौ घाटा हुथ्यो ।

अहिले यो समाचार तयार पर्दासम्म (१२ः२७) शेयर बजार ४९.८८ ले बढेर २१०३ बिन्दुमा आइपुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*