शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?

१८ असार २०८१, मंगलवार १२:१८

काठमाडौं । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । आज पनि वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ सरकार गठन हुने त्यसमा पनि एमालेले अर्थमन्त्री पाउने चर्चासँगै विष्णु पौडेल नै अर्थमन्त्री अनुमानमा शेयर बजारमा उछाल आएको छ।

शेयर लगानीकर्ताहरु एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने खबरले किन उत्साहित हुन्छन् भन्ने बिषयमा सबैलाई जिज्ञासा हुन्छ । लगानीकर्तालाई उनलाई शेयर बजारको हितमा सोच्ने मन्त्री रुपमा चिन्छन् । उनले आफनो कार्यकालमा दुईपटक ब्रोकर कमिशन घटाएका थिए ।

उनले आर्थिक बर्ष २०७३ साल साउन ५ गते आफनो कार्याकालमा ब्रोकर कमिशन घटाएका थिए । सो निर्णय गरेको एक सातामै नेप्से इन्डेक्स १८८१।४५ को विन्दुमा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । सो पछि पनि उनले उनले आफनै कार्यकालमा ३३ प्रतिशतसम्म ब्रोकर कमिशन घटाएको थियो । सो समयमा पनि शेयर बजारमा उत्साहत छाएको थियो ।

पछिल्लो समय पूँजीबजारको दायरा ग्रामीण देखि सहरी क्षेत्रसम्म विकास भईसेकेको छ। गृहिणी, विद्यार्थीदेखि उद्योगी तथा व्यवसायिक कारोबारहरुको समेत शेयर बजारप्रति उत्साह देखिएको छ। कतिपयले पुँजीबजारलाई नै जिर्विकोपार्जन गर्ने माध्यम समेत बनाएका छन् ।

पूँजीबजारप्रति सरकारले लिने नीति र विशेषगरी अर्थमन्त्रीबाट हुने असहयोगका कारण बजारमा भनेजस्तो रौनक आउन सकेको नसकेको लगानीकर्ताहरुको धारणा रहेको छ। आफना समस्या र गुनासाहरु लिएर अर्थमन्त्रीसम्क्ष सुझाव लिएर जाँदा पनि सुन्ने र कार्यान्वयनमा ध्यान नदिने प्रवित्तिको कारण पनि शेयर बजारमा रौनकता छाँउन नसकेको उनीहरुको धारणा रहेको छ।

विगतमा अर्थमन्त्री र राष्ट्रबैंकको गभर्नरबीच ट्यूनिङ नमिलेको क्षति समेत पूँजीबजारका लगानीकर्ताहरुले व्यहोर्नुपरेको ।

सरसर्ती हेर्दा जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा आएपछि खस्न थालेको सेयर बजारले डा. उपाधि पाएका अर्थमन्त्री प्रकाशशरण महत आउँदा पनि गति लिन सकेन ।

डा. महतले अर्थतन्त्रमा आमूल सुधार भएको ओठे रटान लगाइरहे, तर धरातलीय यथार्थ त्योभन्दा भिन्न हुँदा उनलाई लगानीकर्ताले पत्याएनन् ।अझ उनको गभर्नर महाप्रसाद अधिकारीसँग कहिल्यै मन मिलेन । नीतिहरुमा सहकार्य भएन ।

अर्थमन्त्री बर्षमान पुनले अर्थमन्त्रालय सम्हालिरहेको बेला पनि बिष्णु पौडेललाई सरकारमा ल्याउने आशमा बीमा कम्पीहरु थिए । तर सरकारले अर्थमन्त्रालयको भाग बर्षमान पुनलाई दिएसँगै निराश भएका लगानीकर्ता उनको दिएको पुँजीबजारमा दिएको सकारात्मक अभिव्यक्तिको कारण पनि केही गर्ने आशमा बसेका लगानीकर्ता निराश नै देखिएका थिए ।

विष्णुप्रसाद पौडेलले तीनपटकसम्म अर्थमन्त्रालयको बागडोर सम्हालिसकेका छन् । उनको कार्यकालमै सेयर बजारले नयाँ उचाई चुमेको रेकर्डहरु पनि छन् । सो कारण पनि विष्णु पौडेल सेयर बजारको ब्राण्ड नै बनेको छ ।

सन् २०१५ मा उनी अर्थमन्त्री हुँदा सेयरबजार ९ सयमा चलेको थियो । उनको एक बर्षकै कार्यकालमा बजार डबल बढेर १८८१ को उच्च विन्दु चुमेको थियो । दोश्रोपटक अर्थमन्त्रालय सम्हाल्दा १३०० आसपासमा रहेको थियो । कोभिडको समयमा अर्थमन्त्री बन्न विष्णु आइपुगेका थिए । उनले दोश्रोपटक अर्थमन्त्रालयमा प्रवेश गरेपछि बजारमा उछाल आएको थियो । त्यसपछि बजारले पुनः नयाँ उचाई चुमेको थियो ।

गत वर्षको पुसअघि एमालेसहितको सत्ता गठबन्धन बन्दा पनि विष्णु पौडेल तेश्रोपटक अर्थमन्त्री बनेका थिए । उनी अर्थमन्त्रीमा आएको समाचार प्रवाह भएसँगै बजारमा उछाल आएको थियो ।

तीन पटकसम्म अर्थमन्त्री बनेका उनलाई सेयर बजारले पूर्ण विश्वास गरेको र प्रत्येकपटक हरियो झण्डा देखाएका कारण समेत उनको नाम बजारमा ब्राण्डको रुपमा बिक्छ ।

यसपटक पनि त्यही अवस्था देखिएको छ । हिजो मध्यरातमा नयाँ सरकार बन्ने सहमती भएसँग अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको कमब्याक हुने सम्भावनाको खबरले नै पनि सोमबार नेप्से परिसूचक १०२ दशमलव ६८ अंकले बढेको छ । सेयर बजारका लगानीकर्ताहरुले एकमुखले अर्थमन्त्रीमा विष्णु पौडेललाई ल्याउनुपर्ने माग गरिरहेका छन्।

तर, सत्ता सहयात्री दलहरुबीच भने अर्थमन्त्रीकै विषयमा विवाद बढेर अवस्था पेचिलो बनिरहेको छ । सेयर बजारका लगानीकर्ताका मनोबल, विष्णु पौडेलप्रतिको धारणा लगायतलाई हेर्ने हो भने उनीबाहेक अरु कोही अर्थमन्त्री भए सोमबारको मनोबल सेलाउनसक्छ र बजारले फेरि अर्थतन्त्र सुधार तथा नीतिगत लचकताको दिन पर्खिनुपर्ने हुनसक्छ।

 

One thought on “शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*