यस्तो छ एमाले कांग्रेसबीचको ७ बुँदे सम्झौता पत्र, संविधानमा के के हुदैछ संशोधन ?
काठमाडौं । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र एमालेका बीचमा भएको सम्झौता पत्रमा संविधानका धेरै कुराहरु संशोधन गर्ने उल्लेख गरिएको छ । जसमा निर्वाचन प्रणाली, समानुपातिक निर्वाचन प्रणालीलाई थप साँघुरो बनाएर स्थानीय निकाय समेत फेरबदल गर्ने विषयमा सहमति भएको छ ।
१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।
२.प्रदेश सरकारहरुमा ३र३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।
३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।
४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।
५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।
६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।
७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।
देशलामा प्रतक्ष कायकारी चाहीन्छ
देशमा प्रतक्ष कायकारी चाहीन्छ