सिद्धार्थ बैंकको भवनमा आगलागी
![](https://www.beemapost.com/wp-content/uploads/2024/07/si.jpg)
काठमाडौँ । सिद्धार्थ बैंकको भवनमा आगलागी भएको छ । पर्साको वीरगञ्जस्थित सिद्धार्थ बैंकको भवनमा ठुलो आगो लागेको हो ।
आगो लागेपछि बैंकका कर्मचारी सहित भवनमा रहेका मानिसहरुको भागाभाग मच्चिएको छ । अहिले आगलागी नियन्त्रणको प्रयासमा स्थानीय र सुरक्षाकर्मी लागेका छन् । अहिले ४ वटा दमकलको सहयोगबाट आगो निभाउन प्रयास भइरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।