शेयर बजारमा हरियाली, नेप्से १६.२९ अकंले बढ्दा कारोबार भने खुम्चियो

१७ असार २०८१, सोमबार १५:०५

काठमाडौँ । तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । निरन्तर तीन दिन राताम्य भएको शेयर बजार आज भने दोहोरो अकंले बढेको हो । असार मसान्तको प्रभावले शेयर बजारले अपेक्षा अनुसार गति भने लिन सकेको छैन ।

लगानीकर्ताले अबको मौद्रिक नीति मार्फत नीतिगत सुधारको आश गरेका छन् । अर्थतन्त्रले लय समालि रहेको बेला केहि नीति फुुकुवा भए बजारले नयाँ यात्रा तय गर्ने लगानीकर्ताहरुको तर्क रहदै आइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले बढेर २०५३.३८ बिन्दुमा बन्द भएको छ । सोमबार ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८० प्रतिशत, जीवन बीमा समूहको ०.५३ प्रतिशत र निर्जीवन बीमा समूहको ०.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*