प्रहरी लगाएर भए पनि शिक्षामा राजनीतीकरण हटाउँछुः शिक्षामन्त्री श्रेष्ठ
१७ असार २०८१, सोमबार १४:५०
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले प्रहरी लगाएर भए पनि शिक्षामा राजनीतीकरण हटाउने बताएकी छिन् । प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले शिक्षा क्षेत्रलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न प्रयास गर्न आग्रह गरिन् ।
‘दलीय राजनीतीकरण हटाएरै छोड्ने हो प्रहरी परिचालन गर्छु गुण्डागर्दी सहदिनँ,’ उनले प्रतिनिधिसभामा भनिन् । मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउन पहल भइरहेको बताइन् ।
१७ जेठमा मन्त्रिपरिषद्को निर्णयबाट त्रिविको जग्गा अपचलनबारे पूर्वसचिव सारदा त्रितालको नेृत्वमा समिति बनाइएको र प्रतिवेदन प्राप्त भएपछि सार्वजनिक गरिने उनले बताइन् ।