८ अर्ब बढी चुक्ता पूँजी रहेको नेपाल लाइफमा कसको शेयर स्वामित्व कति ?

१७ असार २०८१, सोमबार १४:४४

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रमा परिचित र विगत २३ वर्षदेखि गुणस्तरिय बीमा सेवा प्रदान गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सको हाल ८ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको छ ।

कम्पनीले आफ्नो वितरयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई २१ दशमदव ०५ प्रतिशत लाभांश वितरण गर्न भोलि अर्थात असार १८ गते दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्समा सञ्चालक समिति अध्यक्ष गोबिन्द लाल संघईको नाममा ४४ लाख ३ हजार कित्ता बराबरको शेयर स्वामित्व रहेको छ । उनीसँग संस्थापक समुहको ३२ लाख ८ हजार र साधारण समुहको ११ लाख ९५ लाख कित्ता बराबरको शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, कम्पनीमा सञ्चालक शक्ति कुमार गोल्याणको ६ लाख ९० हजार कित्ता, विवेक अग्रवालको नाममा चार लाख दुई हजार कित्ता, कृष्णराज लामिछानेको नाममा चार हजार १०४ कित्ता र पारुल अग्रवालको नाममा ३९६ कित्ता बराबरको शेयर स्वामित्व रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*