ग्रामिण विकास लघुवित्तका सञ्चालकहरु र सीईओ कटुवालले कति बुझे तलव भत्ता ?

१७ असार २०८१, सोमबार १३:४२

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

प्रारित प्रतिवेदन अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्याम कुमार कटुवालले एक आर्थिक वर्षमा २० लाख ३२ हजार रुपैयाँ बराबरको तलव भत्ता बुझेका छन् । सीईओ कटुवालले आर्थिक वर्ष २०७९।०८० मा तलव वापत १४ लाख ४० हजार रुपैयाँ, भत्ता वापत तीन लाख आठ हजार रुपैयाँ, दशैंभत्ता वापत एक लाख २० हजार रुपैयाँ र सञ्चय कोष वापत एक लाख ३२ हजार रुपैयाँ गरी कुल २० लाख ३२ हजार रुपैयाँ बुझेका छन् ।

त्यस्तै, कम्पनीका सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाले प्रतिवैठक चार हजार रुपैयाँ र अन्य सञ्चालकहरुले प्रति बैठक तीन हजार पाँच सय रुपैयाँका दरले बुझेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*