प्रोग्रेशिभ फाइनान्सको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१७ असार २०८१, सोमबार ०८:००

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको दुई लाख एक हजार ८६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरीदका लागि हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् ।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आज असार १७ गतेले ३५ दिनभित्र कम्पनीको सञ्चालक समिति समक्ष आवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा हाल कायम संस्थापक शेयरधनीले शेयर खरीद नगरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*