प्रतिकित्ता ७०० रुपैयाँमा महिला लघुवित्तको संस्थापक शेयर लिलामीमा
१७ असार २०८१, सोमबार ०७:४२
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ७०० रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संगठित संस्थाहरूले खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
खरीदकर्ताले आज असार १७ देखि साउन ८ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फाराम बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ठमेल, काठमाडौंमा बुझाउनु पर्नेछ ।
8 5