प्रतिकित्ता १२० रुपैयाँमै एनएमबि बैंकको संस्थापक शेयर लिलामीमा
१७ असार २०८१, सोमबार ०७:२७
काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत संस्थापकको नाममा रहेको २२ हजार ७२७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १२० रुपैयाँमै उक्त शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण तथा संगठित संस्थाहरूले खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीदका लागि बोलकबोल गर्दा उल्लेखित सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
खरीदकर्ताले आज असार १७ देखि २३ गतेसम्म दिउँसो ३ बजेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फाराम बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा बुझाउनु पर्नेछ ।