१८ वटा निर्जिवन बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन १७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

१ भाद्र २०७८, मंगलवार १७:२६

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ वटा निर्जिवन बीमा कम्पनीहरुले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । २० निर्जिवन बीमा कम्पनीमध्ये विदेशी शाखा कार्यालय रहेको दि ओरियन्टल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीले भने चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

१८ वटा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ११ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन्।कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १७ दशमलव ४४ प्रतिशतले वृद्धि गर्न सफल भएका छन् ।

वृद्धिद्धरको आधारमा

गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्त्यसम्मा नेको इन्स्योरेन्स कम्पनीले खुद बीमाशुल्क ४९ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएकोमा गत आर्थिक वर्षको अन्त्यसम्ममा ८९ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा ४२ प्रतिशतले खुद बीमाशुल्क आर्जन बढाएर ५८ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।तेस्रोमा यूनाईटेड इन्स्योरेन्सले ३५ प्रतिशतले खुद बीमाशुल्क आर्जन बढाएर ४३ करोड ५९ लाख रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीले २८ प्रतिशतले मुनाफा बढाएर १ अर्ब ६३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सबैभन्दा कम खुद बीमाशुल्क आर्जन वृद्धिदर गर्ने कम्पनीमा सानिमा जनरल इन्स्योरेन्स र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी कम्पनी रहेको छ।सरकारी स्वामित्वमा रहेको कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा खुद बीमशुल्क आर्जन १ दशमलव ०८ प्रतिशतले मात्र वृद्धि गरेको छ भने सानिमा जनरल इन्स्योरेन्सले ० दशमलव ६६ प्रतिशतले मात्र वृद्धि गरेको छ।

चौथौ त्रैमाससम्ममा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्ने कम्पनी

गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा सबैभन्दा धेरै खुद बीमाशुल्क अर्जन गर्ने नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २७ करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएकोमा गत आर्थिक वर्ष अर्थात समिक्षा अवधिमा १ अर्ब ६३ २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

तेस्रामा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासको अवधिसम्ममा १ अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ७१ लाख रुपैयाँ मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो ।

दुई निर्जिवन बीमा कम्पनीको घट्यो खुद बीमाशुल्क आर्जन गोथ्र

निर्जिवन बीमा कम्पनीहरुले प्रकाशन गरेको चौथौ त्रैमासको वित्तीय विवरण अनुसार गत बर्षको आधारमा दुई नयाँ निर्जिवन बीमा कम्पनीको व्यापार घटेको छ। गत आर्थिक बर्षको तुलनामा जनरल इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको छ ।
जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ल१ दशमलव २४ प्रतिशतले घटेको छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जन ४ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*