फाइनान्समा झुम्मिए लगानीकर्ता, नेपाल र जानकीको सर्वाधिक कारोबार

१६ असार २०८१, आईतवार १५:११

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १४.८३ अंकले घटेर २०३७.०९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ । आइतबार कारोबार भएका कम्पनीहरुमध्ये १९० वटाको शेयरमूल्य घटेको छ । साथै, ४९ वटाको मात्र मूल्य बढ्न पुगेको छ ।

आइतबार कुल ३२० वटा कम्पनीको ९१ लाख ७८ हजार कित्ता खरिद बिक्री भई तीन अर्ब ६० करोड रुपैयाँको समग्र कारोबार भएको छ ।

आइतबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १२ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, जानकी फाइनान्सको ११ करोड ९८ लाख रुपैयाँ, युनाइटेड आडीआई मार्दी आरबि हाइड्रोपावरको १० करोड रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*