२० वटा निर्जिवन बीमा कम्पनीलाई प्राइस कटिङ नगर्न बीमा समितिको निर्देशन

१ भाद्र २०७८, मंगलवार १६:०९

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपालमा सञ्चालित २० वटै बीमा कम्पनीहरुलाई प्राई कटिङ नगर्न निर्देशन दिएको छ । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई पुनः स्मरणपत्र पठाउँदै प्राईस कटिङ (तोकिएको दररेट भन्दा न्यून मूल्यमा बीमा गर्ने कार्य) गरेको फेला परेमा कारवाही गर्ने जनाएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई पुनः स्मरण मात्रै गराएको बताए । एक बीमा कम्पनीका सिईओले बीमा समितिको पत्र प्राप्त भएको बताए ।

निर्जिवन बीमा कम्पनीहरुले बीमा समितिले तोकेको दर रेटभन्दा न्यून मूल्यमा बीमा कारोबार गरेको गर्दै आएका छन् । नाम चलेका कम्पनीहरु नै प्रतिस्पर्धात्मक बजारमा आफ्नो हिस्सा बढि बनाउन प्राईस कटिङ र उधारो बीमा गर्दै आएका छन् ।

बीमा समितिले आज पठाएको निर्देशनमा चेकको आधार बीमा पोलिसी जारी नगर्ने पुनः स्मरण गराउँदै बैंक ग्यारेन्टीको आधारमा समेत बीमा पोलिसी जारी नगर्न निर्देशन दिएको छ । बीमा समितिले दिएको निर्देशन बीमित र बीमक दुवैका लागि फाइदाजनक भएपनि नेपाल सरकारले लिएको आर्थिक नीति विपरित छ ।

नेपालमा एक हजार रुपैयाँ भन्दा बढिको भुक्तानी चेकमार्फत अनिवार्य गरिएको छ । तर, बीमा समितिले रकम प्राप्त भई खातामा रकम जम्मा नभएसम्म बीमा पोलिसी जारी नगर्न कडा निर्देशन दिँदै आएको छ । नेपाल राष्ट्र बैंकले चेकलाई नोट सरह मान्यता दिँदै आएको भएपनि बीमा कम्पनीहरुमा उधारो बीमाको विकृति रोक्ने सकारात्मक उद्देश्यले चेकबाट रकम बीमा कम्पनीको खातामा दाखिला भइसकेपछि मात्रै बीमा पोलिसी जारी गर्न पाइने व्यवस्था गरेको बीमा समितिको भनाई छ ।

One thought on “२० वटा निर्जिवन बीमा कम्पनीलाई प्राइस कटिङ नगर्न बीमा समितिको निर्देशन

  1. Ujjwal Basnet says:

    Thikai ho tara covid insurance premium leene ani claim chahi sarkar le diyena vanera rokna milchha? Sambandhit nikayeko dhyaan kaile pugne???

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*