नेप्से परिसूचकमा झिनो अंकको बृद्धि हुँदा कारोबार १८ अर्ब माथि, विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण

१ भाद्र २०७८, मंगलवार १५:३६

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३२ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये ६ वटा समूहमा हरियाली छाएको छ । आज सर्वाधिक विकास बैंक समूहमा २९२.७३ अंकले बृद्धि भएको हो ।

साथै हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एचआइडिसिएल सहित हाइड्रोपावर कम्पनीहरु रहेका छन् ।

मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलोमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको ८६ करोड ३८ लाख २४ हजार ७१७ रुपैयाँको कारोबार भएको हो । साथै आज १२ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*