आइपीओ निष्कासन गर्ने तयारीमा रहेको लक्ष्मी स्टील्सले एक वर्ष गर्यो साढे ९ अर्बको व्यापार
काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको लक्ष्मी स्टील्स लिमिटेडको व्यापारमा उल्लेख्य सुधार भएको छ । कम्पनीले सन् २०२३ मा मात्र ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा साढे १० प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको इक्रा नेपालले जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ६ अर्ब १७ करोड ९० लाख व्यापार गरेको हो । लक्ष्मी स्टील्समा सौरभ समूहको लगानी छ । यसको एउटा प्लान्ट सुनुवाल, नवलपरासीमा छ ।
कम्पनीले ३ अर्ब ३८ करोड ९० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । जसमा लङ ट्रम १८ करोड ९० लाखका लाउ ‘आइएनबीबीबी माइनस’ र सट्र ट्रम ३ अर्ब २० करोडका लागि ‘आइआरएन ए३’ रेटिङ प्राप्त गरेको छ ।